Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


बांगाबगरमा पहिरो, महाकाली राजमार्ग पुनः अवरुद्ध


0
Shares

विनोद सिंह विष्ट

बैतडी, साउन १० । पहिरोले मंगलबार राति अवरुद्ध भएर बुधवार मध्याह्नबाट सुचारु भएको महाकाली राजमार्ग गएरातिदेखि पुनः अवरुद्ध भएको छ ।

लगातारको बर्षाले गर्दा महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको हो ।

सडकमा खसेको पहिरो पन्छाउन लागेको भए पनि बर्षौंदेखिको ठुलो पहिरो भएकाले पानी पर्ने बित्तिकै पुनः खसेर सडक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा यातायातका साधन पूर्ण रुपमा रोकिएको उनले बताए ।

सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् ।