Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


राहदानीसहित तीन विधेयक प्रमाणीकरण


0
Shares

काठमाडौं, असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको बैठकबाट पारित तीन विधेयक मंगलबार प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको तथा वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मंगलबार प्रमाणीकरण गरेकी हुन् ।

संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको सेफगाड्र्स, एन्टी (डम्पिङ तथा काउन्टरभेलिङ) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपतिले ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन् । रासस