Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


ओली र नेपालबिच वार्ता सकियो (तस्विरहरु)


0
Shares

काठमाडौं, बैशाख ८ । सत्तारुढ दल नेकपा एमाले विभाजनको संघारमा पुगेको बेला एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद भएको छ ।

दुई नेताबीच बुधबार साँझ नागपोखरीस्थित होटल मारियटमा करिब दुई घण्टा वार्ता भएको हो ।

अर्थमन्त्री विष्णु पौडेल समेत केही बेर वार्तामा सहभागी भएर निस्केपछि ओली र नेता नेपालबीच एक्ला एक्लै छलफल भएको थियो ।

वार्तापछि दुवै नेताले प्रतिक्रिया भने दिन चाहनु भएन ।

अध्यक्ष ओलीले पार्टी हित विपरितका गतिविधि गरेको आरोपमा नेता नेपालसहित २७ जना सांसदलाई स्पष्टिकरण सोध्दै कारबाहीको प्रक्रिया अघि बढाएको बेला बुधबार बिहान युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीलाई विभाजनबाट जोगाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भट्टराइले वरिष्ठ नेता नेपालसँग वार्ता गरेर पार्टी विभाजन रोक्न आग्रह गरेपछि ओली र नेपाल बीचको संवाद संभव भएको बताइएको छ ।