१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चिकित्सा शब्दकोश सार्वजनिक


0
Shares

काठमाडौं, बैशाख ८ । चिकित्सा क्षेत्रमा प्रयोग हुने भाषा, औषधि र रोगसम्बन्धि जानकारी दिने पहिलो शब्दकोश बुधबार सार्वजनिक गरिएको छ ।

दुई जना चिकित्सकहरुबाट नेपाली र अंग्रेजी भाषामा तयार पारिएको चिकित्सा शब्दसागरको काठमाडौंमा सार्वजनिक गरिएको हो ।

डा. कमल शर्मा लम्साल र डा.विपिन नेपालले तयार पार्नु भएको शव्दकोष विनयकुमार शर्मा नेपाल र प्रकाशमणि दाहालले नेपालीमा अनुवादन गर्नुभएको छ ।

कार्यक्रममा डा. नेपालले चिकित्सा क्षेत्रसम्बन्धी भाषा सजिलोसंग सर्वसाधारणलाई बुझाउनका शव्दकोष तयार पारिएको बताउनुभयो ।

शब्दकोष चिकित्सासम्बन्धी क्षेत्रमा कार्यरत व्यक्ति, अदालत र प्रहरी र सर्वसाधरणलाई समेत उपयोगी हुने अपेक्षा गरिएको छ ।