Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


अर्थर गन नयाँ सिजनको अमेरिकन आइडलमा, दमदार प्रस्तुतिका लागि निर्णायकले बजाए उठेर ताली (भिडिओ)


0
Shares

Arthur gunn american ideal

काठमाडौं, बैशाख ७ । नेपाली मूलका अमेरिकी गायक दिवेश पोखरेल उर्फ ‘अर्थर गन’ फेरि अमेरिकन आइडलमा सहभागि भएका छन् ।

अमेरिकन आइडलको मञ्चमा पुनरागमन गर्दै दिवेशले निकै नै दमदार प्रस्तुति पेश मात्र गरेनन्, उनको गायकीलाई निर्णायकमण्डलका तीनै जनाले उठेर ताली बजाउँदै, दिवेश स्टार कलाकार भएकामा प्रशंसा पनि गरे ।

अमेरिकन आइडलको शीर्ष १० मा पुग्नका लागि दिवेशले सोमबार राति रक ब्यान्ड गो गो डल्सको ‘इरिस’ बोलको गीत गाएका थिए । गतवर्ष नै सम्पन्न अमेरिकन आइडलमा फर्स्ट रनरअप रहेका उनी त्यतिबेलै पनि चर्चित प्रतिस्पर्धी मानिन्थे ।

फर्स्ट रनरअप भइसकेका उनलाई यस सिजनमा फेरि किन प्रतिस्पर्धीका रुपमा सहभागी गराइयो भन्नेबारेमा बिलबोर्ड वेबसाइटले भनेकोछ, ‘कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएकाले गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिन यस सिजनमा पनि स्थान दिएको हो ।’

(भिडिओ)

गत सिजनका दश मध्ये एक जनालाई भोटका आधारमा यस सिजनको शीर्ष दशमा सीधै प्रवेश दिइनेछ । अघिल्लो प्रतिस्पर्धामा दोस्रो भएका उनलाई उपाधि जित्ने मौका एक पटक फेरि आइडलले दिएको छ ।

यसका लागि दिवेशले आफ्नो फेसबुक पेजमार्फत् मत पनि मागेका छन् । दिवेशलाई यही २६ अप्रिलसम्म भोट दिन मिल्नेछ ।