सीमामा सतर्कता खोई ? • Image Khabar Image Khabar


सीमामा सतर्कता खोई ?


नविन सिंह
७ बैशाख २०७८, मंगलवार ११:२९

सीमामा सतर्कता खोई ?

नविन सिंह

जनकपुर । प्रदेश–२ मा दिनहुँ संक्रमितको संख्या बढ्दै गएपनि रोकथाम एवं नियन्त्रणका लागि सुरक्षा सर्तकता वा उपचारका लागि आवश्यक श्रोत साधन जुटाउन नसकेको अवस्था छ । प्रदेशसँग जोडिएका सिमानाकामा समेत भारतबाट आउने सर्वसाधारणको चेकजाँचका लागि कुनै व्यवस्था गरेको छैन ।

प्रदेश सरकार कोरोना नियन्त्रणका लागि चासो नदेखाएको आरोप लाग्दै आएका अवस्थामा प्रदेश सरकारले उचित व्यवस्थापनको तयारीमा जुटिसकेको दाबी गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय तहहरुमा आइसोलेशन सेन्टर निर्माण, प्रयोगशाला एवं अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापनमा जुटिसकेको बताउनु भएको छ ।

कोरोना संक्रमितको संख्या प्रदेश २ मा दिनदिनै बढ्दै गएकाले स्थानीयहरुले सरकारले तोकेका स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने स्वास्थ्य निर्देशनालय धनुषाका डाक्टर कमलेश यादव बताउनुहुन्छ । उहाँले प्रदेशका जिल्लाहरुसँग जोडिएका क्षेत्रहरुमा हेल्प डेस्क स्वास्थ्यकर्मी राख्न प्रदेशस्तरीय कोरोना भाइरस संकट व्यवस्थापन समितिले निर्देशन दिएको जानकारी दिनु भएको छ ।

संक्रमण दिनदिनै बढ्दै गएपछि सर्वसाधारणको आवात जावतका लागि नेपाल सरकारले सीमानाकामा खोलेपनि भारत सरकारले अहिलेपनि नाका बन्द गरेको छ । भारतले सीमानामा कडाई गरेपनि वैकल्पिक बाटो बोर्डर नजिकै खेत, चौर हुँदै निर्वादरुपमा आवात जावत जारी नै छ । प्रदेशभित्र हाट, बजार मेला तथा सभा सम्मेलन नियमित रुपमा गरिँदै आएको छ । यसको नियन्त्रणमा सम्बन्धीत निकायको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्