बागमतीलाई हराउँदै एपिएफ सेमिफाईनलमा « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


बागमतीलाई हराउँदै एपिएफ सेमिफाईनलमा


0
Shares

सिमरा । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब ११ औँ संस्करणको जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सिमरामा जारी प्रतियोगिता अन्तर्गत सोमबार साझ भएको खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई २ १ ले पछि पार्दै एपिएफ सेमिफाईनलमा स्थान बनाएको हो ।

एपिएफको जितमा प्रदिप लामा एक्लैले दुई गोल गरे । खेलको ३२ औँ मिनेटमा बागमतीविरुद्ध पहिलो अग्रता बनाएको एपिएफले अग्रता जोगाउन नसक्दा नतिजाका लागि अतिरिक्त समय कुर्नुपरेको थियो ।

३२ औँ मिनेटमा डि बक्स भित्र पाएको बललाई सदुपयोग गर्दै लामाले टिमलाई पहिलो अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० को अग्रतासहित बागमतीलाई दवाबमा राखेको एपिएफले दोस्रो हाफमा समालिएर खेल्न नसक्दा ५२ औँ मिनेटमा बराबरीमा पुग्यो ।

५२ औँ मिनेटमा मन बहादुर रानाले बागमतीका प्रितम स्याङबोलाई फल गरि लडाएपछी पाएको पेनाल्टीको मद्दतमा बागमती बराबरीमा पुगेको हो । पेनाल्टीमार्फत निरज थापाले गोल गरेका थिए ।

निर्धारीत ९० मिनेटको खेल १ १ को बराबरीमा सकिएपछि नतिजाका लागि अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमको १४औँ एपिएफका प्रदिप लामाले गरेको गोल नै खेलका लागि निर्णयक बन्यो ।

बागमतीका गोलरक्षक अरुण ब्लोन अघिी बढ्दा उनले सहजै गोल गर्ने अवसर पाएका थिए ।

पहिलो हाफमा दवावमा परेको बागमती दोस्रो हाफमा लयमा फर्किएपनि पाएका थुप्रै राम्रा अवसरको सदुपयोग गर्न नसक्दा जीतपुरसिमरा गोल्डकपको उपाधि जित्ने होडबाट बाहिरिएको छ ।

खेलको ३४ मिनेटमा एपिएफसँग बराबरी गर्ने राम्रो अवसरबाट बागमती चुक्यो । प्रितम स्याङबोले डि बक्स भित्रबाट गरेको प्रहार क्रस बार माथीबाट बाहिरियो । एपिएफका तुलनामा बागमतीले धेरै फ्रिकिकको अवसर पाएपनी सदुपयोग गर्न सकेन ।

४०औँ मिनेटमा म्याक्सवेलले गोलका लागि पाएको राम्रो अवसर सदुपयोग गर्न सकेनन् । वन टु वनको स्थितमा रहेको बललाई फितलो फितलो प्रहार गर्दा एपिएफका गोलरक्षक अमित कुमार चौधरीले सहजै बचाउ गरेका थिए ।

६४ औँ मिनेटमा एपिएफका नवराज खड्काले सुनिल यादवलाई फल गरेपछी निग्मा घिसिङले प्रहार गरेको फ्रिकिक क्रस बार माथिबाट बाहिरियो ।

लगत्तै ६९औँ मिनेटमा एपिएफका मिलन लामाले अनिस महर्जनलाई फल गरेपछी निरज थापा मगरले प्रहार गरेको फ्रिकिक गोलरक्षक अमित कुमार चौधरीले बचाउ गरे ।

८२ औँ मिनेटमा एपिएफका मन बहादुर रानाले अनिस महर्जनलाई फल गरेपछी निरज थापा मगरले प्रहार गरेको फ्रिकिक क्रस बार माथिबाट बाहिरियो ।

पहिलो हाफमा बागमतीबिरुद्ध आक्रमक देखिएको एपिएफ दोस्रो हाफमा सोही प्रदर्शन कायम राख्न नसक्दा जितका लागि ठुलै संघर्ष गर्नुप¥यो ।

२८औँ मिनेटमा बागमतीका प्रितम स्याङबोले युवराज खड्कालाई फल गरेपछी पाएको फ्रिकिकलाई श्याम नेपालीले सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहारलाई बागमतीका गोलरक्षक अरुण ब्लोनले सहजै नियन्त्रणमा लिए ।

लामो समय दवावमा खेलेको एपिएफलाई ७२ औँ मिनेटमा गोलका लागि अकोै अवसर मिलेको थियो । एपिएफका लागि रबी थिङले प्रहार गरेको कर्नरलाई बागमतीका गोलरक्षक अरुण ब्लोनले उत्कृष्ट बचाउ गरे ।

लगत्तै रिबाउण्ड भएको बललाई स्याम नेपालीले प्रहार गरेका थिए तर ब्लोनले गोल लाईनबाटै क्लियर गरिदिए ।

प्रतियोगीतामा अन्तिम क्वाटरफाईनल अन्तर्गत मंगलबार संकटा क्लब काठमाण्डौ र एफसी विजय युथ हेटौँडाबिच खेल हुनेछ ।

संकटा सिधै क्वारफाईनल खेल्न लागेको हो भने हेटौँडाले आफ्नो पहिलो खेलमा सुदुरपश्चिम ११ धनगढीलाई हराउँदै संकटासँगको भेट पक्का गरेको थियो ।