Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


बंगलादेशमा मोदीविरुद्धको प्रदर्शनका योजनाकार पक्राउ


0
Shares

एजेन्सी । बंगलादेश भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध भएको विरोध प्रदर्शनका मुख्य योजनाकार मामुनुल हक पक्राउ परेका छन् ।

गत मार्च २६ मा बंगलादेशको स्वतन्त्रता दिवस समारोहमा सरिक हुन बंगलादेश पुग्नु भएका मोदी बिरुद्ध बंगलादेशमा ब्यापक प्रदर्शन भएको थियो ।

प्रदर्शनकै क्रममा १२ जनाको मृत्यु भएको थियो । बंगलादेशको विद्रोही समहु मदरसा संगठन, हिफाजत एक इस्लामका नेता मामुनुल हककै योजनामा बिरोध प्रदर्शन भएको भन्दै उनलाई पक्राउ गरिएको बंगलादेश सरकारले जनाएको छ ।

यसअघि सन् २०२० मा बंगलादेशकै प्रहरी चौकीमा भएको तोडफोडमा समेत संलग्न मामुनुल केही बर्ष जेल सजायँ भोगेर रिहा भएका ब्यक्ति हुन् ।

मोदीलाई हिन्दु राष्ट्रवादी नेताको आरोप लगाउँदै मुश्लिम अतिवादीहरुले प्रदर्शन गरेका थिए ।