Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कोरोनाको ‘हटस्पट’ बन्दै वीरगन्ज


0
Shares

काठमाडौं । गत वर्ष कोरोना महामारीले सताएको वीरगन्ज शहर यतिबेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ ।

वीरगन्जमा शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले १ सय ४५ पुगिसकेको छ । १ सय १४ जना होम आइसोलेसनमा छन् ।

चैत ३१ गते पोजेटिभ रिपोर्ट आएका २५ जना होम हाइसोलेसन वा अस्पताल कहाँ बस्ने भन्ने टुंगो लागेको छैन ।

नारायणी अस्पतालका कोभिड १९ कोडिर्नेटर डा. सरोज रोशन दासका अनुसार नारायणी अस्पतालको आइसोलेसनमा राखिएका १५ जनामध्ये ५ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

सातजना अहिले पनि अस्पतालमै उपचाररत छन् । समाचारपत्र