Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


विद्यालय बन्द नगरे स्थिति भयावह : विज्ञ


0
Shares

काठमाडौं । कारोना भाइरसको उच्च संक्रमण दर देखिएका ठाउँमा तत्काल बन्द नगरे भयावह स्थिति र्सिजना हुन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयसमेत संक्रमण बढी देखिएका ठाउँका विद्यालय बन्द गर्नुपर्ने पक्षमा छ ।

केही दिनयता दिनहुँ थपिने संक्रमितमध्ये सरदर १० प्रतिशत बालबालिका छन् । भाइरसको नयाँ भेरिएन्ट (प्रजाति) ले समेत यो वर्ग व्यापक रुपमा प्रभावित हुन थालेको विज्ञहरुको भनाइ छ ।

‘यो उच्च सर्तकता अपनाउनुपर्ने समय हो, जहाँ संक्रमण धेरै देखिन्छ, त्यहाँ तुरुन्त विद्यालय बन्द नगरे भयावह स्थिति आउन सक्छ’, महाराजगन्जस्तिथ कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छा भन्छन्, ‘केही दिनयता अवस्था खराब हुँदै गएको छ । नयाँ भेरिएन्ट पहिलेको दाँजोमा उच्च संक्रामक र मृत्युदरसमेत बढी गराउने गरी देखिएको छ ।’

उनकाअनुसार कोरोना संक्रमण फेरि तीव्र विस्तार भइरहँदा बालबालिकाहरु गत वर्षको दाँजोमा धेरै प्रभावित भइरहेको छन् ।

कान्तिपुर