६४ अर्ब चिनियाँ लगानीमा दमकमा औद्योगिक पार्क निर्माण हुने • Image Khabar Image Khabar


६४ अर्ब चिनियाँ लगानीमा दमकमा औद्योगिक पार्क निर्माण हुने


Imagekhabar
१८ आश्विन २०७६, शनिबार १६:०४

६४ अर्ब चिनियाँ लगानीमा दमकमा औद्योगिक पार्क निर्माण हुने

काठमाडौं, असोज १८ । झापाको दमकमा औद्योगिक पार्क निर्माण गरिने भएको छ ।

६४ अर्ब रुपैयाँ चिनियाँ लगानीमा पार्क बनाउन लागिएको घोषणा गरिएको हो ।

औद्योगिक पार्क निर्माणका लागि लगानी बोर्ड र दमक क्लिन इन्डस्ट्रियल पार्कबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

पार्क निर्माणसम्बन्धी सम्झौतापत्रमा पार्कका अध्यक्ष गोविन्द थापा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले हस्ताक्षर गरे ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नबन्दै पार्क निर्माणको सम्झौता भएको हो ।

लगानी बोर्डले डीपीआर बनाउन दमक क्लिन इन्डस्ट्रियल पार्कलाई स्वीकृति प्रदान गरिसकेको छ । पार्कको नाम ‘चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’ राखिएको छ ।

एक हजार ६०० हेक्टरमा बन्ने औद्योगिक पार्क चार चरणमा निर्माण हुनेछ ।

पार्कको क्षेत्रफल एक किलोमिटर चौडाइ र ९ किलोमिटर लम्बाइ हुने जनाइएको छ ।

चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड’ परियोजनाअन्तर्गत् नेपालमा बन्न लागेको यो पहिलो परियोजना हो ।

तिब्बतको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानीमा पार्क निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्