२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘स्कल रेन्डभज’


0
Shares

काठमाडौं । कोभिड १९ ले पर्यटनमा परेको प्रभाव कम गर्दै, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्कल ईन्टरनेशनलले स्कल रेन्डभजको आयोजना गरेको छ ।

आज काठमाडौंमा विभिन्न क्षेत्रका पर्यटन व्यवसायीलाई लक्षित गरि यो कार्यक्रमको आयोजना गरिएको हो ।

कालु पाँडे समाधीस्थल पातलेबनलाई पर्यटन क्षेत्रको रुपमा चिनाउन तथा नेपाल सुरक्षित गन्तव्य रहेको जानकारी गराउन पनि यो कार्यक्रमको आयोजना गरिएको स्कल ईन्टरनेशनल नेपालका अध्यक्ष प्रविनबहादुर पाण्डेले जानकारी दिनुभयो ।

आन्तरिक पर्यटन तथा आन्तरिक उत्पादनलाई विश्व बजारमा चिनाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा काठमाडौं नजिक रहेका विभिन्न पर्यटकिय स्थानहरुको बारेमा पनी जानकारी दिने स्कल नेपालका द्धितिय अध्यक्ष महेन्द्र पाण्डेले बताउनुभयो ।

विभिन्न क्षेत्रमा ४५ जना भन्दा बढि पर्यटन व्यवसायीहरु संलग्न रहेको कार्यक्रमले नेपाल सुरक्षित रहेको चिनाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास आयोजकको छ ।