२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री सेमिनार काठमाडौंमा सुरु


0
Shares

काठमाडौं, साउन ९ । प्रथम अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री सेमिनार बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।

पाको नेपाल क्याकुसिन कराँते संघको आयोजनामा भइरहेको सेमिनारमा डेनमार्कका अन्तर्राष्ट्रिय प्रशिक्षकद्वय हान्सी फ्लेमिङ झिन्जेन स्करोटर र सान्साई कियन जुसी जेन्सेनले प्रशिक्षण दिइरहेका छन् ।

शुक्रबारसम्म चल्ने प्रशिक्षणमा १०० बढी प्रशिक्षार्थीले सहभागिता जनाइरहेका छन् ।

यसअघि, पाको नेपाल क्याकुसिन कराँते संघले राष्ट्रियस्तरको प्रशिक्षक तथा रेफ्री सेमिनारको आयोजना गरिसकेको छ ।