हङकङमा मास्क लगाएर हिँड्न प्रतिबन्ध • Image Khabar Image Khabar


हङकङमा मास्क लगाएर हिँड्न प्रतिबन्ध


Imagekhabar
१७ आश्विन २०७६, शुक्रबार १८:०४

हङकङमा मास्क लगाएर हिँड्न प्रतिबन्ध

काठमाडौं, असोज १७ । हङकङमा प्रदर्शन चर्कंदै गएपछि त्यहाँको सरकारले सर्वसाधारणलाई मास्क लगाएर हिँड्न प्रतिबन्ध लगाएको छ ।

हङकङकी प्रमुख कार्यकारी अधिकृत क्यारी ल्यामले लामो समयदेखिको आन्दोलनका कारण हङकङ अशान्त बनेको भन्दै सडकमा हिँड्दा मास्क लगाउन प्रतिबन्ध लगाइएको बताएकी हुन् ।

यही अक्टोबर १ मा चीनको राष्ट्रिय दिवसका दिन गरिएको प्रदर्शनले उग्ररुप लिएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।

मास्क लगाएर प्रदर्शन गर्दै आएका सर्वसाधारणले जथाभावीरुपमा आगजनी गर्ने गरेका छन् ।

सुपुदर्गी विधेयकविरुद्धबाट सुरु भएको प्रदर्शन अहिले चर्कंदै जाँदा दिनहुँजसो प्रहरी र प्रदर्शनकारीबीच झडप हुने गरेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्