Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ : गच्छदार


0
Shares

विराटनगर, असोज १७ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिए ।

उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सन्चालन गर्नुपर्ने सुझाव दिँदै प्रेस लोकतन्त्रको गहना भएकाले यसको संकुचन गर्न नहुने तर्क गरे ।

उनले जनताले संविधानबाट पाएको अधिकार उपयोग गर्न सरकार बाधक बन्न नहुने धारणा राख्दै सरकारले जनतासँग गरेको वाचालाई पूरा गर्न ध्यानकेन्द्रित गर्नुपर्नेमा जोड दिए ।

उपसभापति गच्छदारले नेपाली कांग्रेसका नेतामाथि भर्खरै भएको निन्दनीय घटनाप्रति दुःख व्यक्त गर्दै आफूले विगतमा नेतृत्व गरेको पार्टी एकीकरण हुँदा भएको सम्झौताअनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरुका नाम छिट्टै सार्वजनिक गर्ने जानकारी दिए । रासस