
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, साउन ९ । छाडा चौपाया व्यवस्थापनका लागि भीमदत्त नगरपालिकाले निर्माण गरेको गौशाला सन्चालनमा आएको छ ।
झन्डै एक हजार छाडा गाईको व्यवस्थापन गर्ने लक्ष्य रहेको गौशालाको बुधबार उद्घाटन गरिएको हो ।
तर, स्थानीयवासीले भने पहिला आफ्नै क्षेत्रका छाडा चौपाया व्यवस्थापन गर्नुको सट्टा अन्यत्रबाट गाई ल्याएर राखेको भन्दै त्यसको विरोध गरेका छन् ।
भीमदत्त नगरपालिकाले सामुदायिक चौपायाको पुनःस्थापनाका लागि पहिलो नगरसभाबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्