
काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक, उद्योग, बैँकिङ्ग, व्यवसायमा देखिएका समस्या समाधानमा सकारात्मक पहलका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
पसिसंघले विहीबार विज्ञप्ती जारी गरी हाल केही समय यतादेखि उद्योग, आर्थिक एवम् बैँकिङ्ग व्यवसाय लगायतका क्षेत्रमा विभिन्न अव्यवहारिक बाध्यात्मकता व्यवस्था भएको र यसले व्यवसाय संचालन मंहगो हुन गएको एवं अर्कोतिर बैँकिङ्ग क्षेत्रमा विकसित घटनाक्रम प्रति परिसंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
आर्थिक, उद्योग, बैकिङ्ग व्यवसाय एक अर्काका परिपूरक भएको र एउटा क्षेत्रमा पर्न जाने अप्ठेराले अर्को क्षेत्र समेत प्रभावित हुने हुँदा सरकार यस तर्फ गम्भिर हुनुपर्नेमा परिसंघले जोड दिएको छ ।
वित्तीय क्षेत्रमा हालै विकसित घटना क्रमहरुले बैंक तथा वित्तीय संस्थामा आवद्ध जनशक्तिहरु चिन्तित भएको परिसंघले जनाएको छ ।
यसले आगामी दिनमा ऋण प्रवाहमा पर्न सक्ने असर तथा समग्र अर्थतन्त्रमा नै प्रतिकूल प्रभाव पर्न सक्ने कुरालाई मनन गर्दै सकारात्मक रुपमा समस्या सामाधानको लागि आवश्यक पहल गर्नेमा आफु विश्वस्त रहेको परिसंघले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्