Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


बेलायतको म्यानमारी दुतावासमा राजदूत प्रवेशमा रोक


0
Shares

एजेन्सी । बेलायतका लागि म्यानमारका राजदूतलाई लण्डनस्थित दुतावास प्रवेशमा निषेध गरिएको छ ।

राजदूत क्वा ज्वार मिनलाई म्यानमारमा सैनिक कू भएपछि देशको प्रतिनिधि नभएको भन्दै कार्यालय छोड्न बाध्य पारिएको बीबीसीले जनाएको छ । राजदूत मिनले रोयटर्ससँग कुराकानी गर्दै आफूलाई कार्यालय प्रवेश गर्न नदिइएको बताउनुभयो ।

म्यानमारमो सैन्य ‘कू’को विरोध गरेपछि राजदूतमाथि यस्तो अशोभनीय क्रियाकलाप भएको समाचारमा उल्लेख गरिएको छ । दुतावासबाट बाहिरिएपछि उनले कफि खाँदै बाहिर बस्नुभएको छ । उहाँलाइे बेलायतको प्रहरीले सुरक्षा दिएको छ ।

म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक कू भएयता त्यसको विरोधमा व्यापक रुपमा जनप्रदर्शन भइरहेको छ। सैनिक नियन्त्रणमा रहेकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई रिहा गर्नुपर्ने माग राखिएको छ।

म्यानमारमा भएको प्रदर्शनका क्रममा सैनिक दमनमा परी कयौं बालबालिका सहित ५ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ।