काठमाडौं । सरोकारवालाहरुले चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्न सरकार उदासिन बनेको आरोप लगाएका छन् ।
विहीबार काठमाडौमा आयोजित कार्यक्रममा उनीहरुले चिकित्सा शिक्षामा ऐनले तोके भन्दा बढी शुल्क लिएका निजी मेडिकल कलेजहरुले शुल्क फिर्ता नगर्दा समेत पनि सरकारले कुनै चासो नदेखाएको बताए ।
कार्यक्रममा मेडिकल एसोसियसनका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले निजी मेडिकल कलेजको मनोमानी बढ्दा पनि सरकारले आवश्यक पहल गर्न नसकेको बताए ।
निजी मेडिकल कलेजहरुले ऐनमा शुल्क र सिट संख्या निधारण हुंदा समेत विद्यार्थीको भविष्यमा नै खेलवाड हुने काम बढेको डा.श्रेष्ठले बताए ।
कार्यक्रममा अभिवक्ता दिनेश त्रिपाठीले चिकित्सा शिक्षा ऐन नै बेवारिसे बनाइएको भन्दै शिक्षा र स्वास्थ्य माफियाको हातमा गइसकेको तर्क गरे ।
आन्दोलनरत विद्यार्थीका तर्फबाट डा.चन्दन रमणले निजी मेडिकल कलेज सञ्चालक र सरकार दुवै बसेर छिटो समाधान खोज्नु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्