२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


२६० जना कोरोना संक्रमित थपिए


0
Shares

काठमाडौं, चैत २४ । नेपालमा पछिल्लो २४ घण्टा २६० जना कोरोना संक्रमित थपिएका छन् ।

४ हजार २ सय ४३ पीसीआर परीक्षण गर्दा २६० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

साथै हालसम्म २ लाख ७३ हजार ४ सय ५५ संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ भने १ हजार ९ सय ७९ जना आइसोलेसनमा छन् ।