२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


एसिड खरिद, बिक्रीमा कडाइ : एसिड किन्न अनिवार्य गृहको स्वीकृति लिनुपर्ने


0
Shares

काठमाडौं । एसिड आक्रमणका घटना बढेपछि सरकारले यसको खरिद–बिक्रीमा कडाइ गरेको छ । सरकारले अब एसिड किन्नका लागि गृहको स्वीकृति लिनुपर्ने प्रावधान गर्न लागको हो ।

एसिड खरिद गर्न चाहने उद्योगी, व्यवसायीले खरिदको उद्देश्य र आफूलाई चाहिएको मात्रा उल्लेख गरी गृह मन्त्रालयमा निवेदन दिनुपर्ने छ । गृह मन्त्रालयले जरुरी सूचना जारी गर्दै एसिड खरिद–बिक्रीमा कडा प्रावधान राखिएको जानकारी दिएको हो।

कानुनबमोजिम दर्ता वा इजाजत प्राप्त कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्नुपरे मन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

यसअघि जो कोहीले सजिलै एसिड खरिद–बिक्री गर्न सक्थे । जसले गर्दा महिलालाई एसिड आक्रमण हुने क्रम बढेको भन्दै सरकारले गत असोज १२ गते एसिड तथा घातक रसायनिक पदार्थ नियन्त्रणसम्बन्धी अध्यादेश जारी गरी सोहीबमोजिम एक हप्ताअघि नियमावली बनाएको थियो ।