
काठमाडौं, असोज १४ । मंगलबार पनि सेयरबजारमा सुधार जारी रह्यो । यसदिन नेप्से र कारोबार दुवैमा सुधार आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंकले बढेर ११ सय ४५ पुग्यो । सोमबार पनि नेप्से १० अंकले बढेको थियो ।
कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से सच्चिएको हो ।
यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च ४९ अंकले बढ्यो भने उत्पादनमूलक समूह सबैभन्दा उच्च ५२ अंकले ओर्लियो । जीवनबिमा, लघुवित्त र वाणिज्य बैंक समूह दोहोरो अंकले उक्लिए ।
यसदिन १५७ कम्पनीका १३ लाख ८६ हजार कित्ता सेयर ३१ करोड १४ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्