
काठमाडौं, चैत २० । नेपालमा पछिल्लो २४ घण्टामा १७९ जना कोरोना संक्रमित थपिएका छन् ।
३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ ।
पछिल्लो पछिल्लो २४ घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ ।
नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाकाबाट हालसम्म ३ हजार ३१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्