सुवेदी र चुँडाल विरुद्ध परेका सात उजुरीको संसदीय सुनुवाइ हुँदै « Imagekhabar – Online News Portal of Nepal


सुवेदी र चुँडाल विरुद्ध परेका सात उजुरीको संसदीय सुनुवाइ हुँदै


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ ।

संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीश नहकुल सुवेदी र कुमार चुँडालको आज सुनुवाइ गर्ने भएको हो ।

सुनुवाइ समितिमा प्रस्तावित दुवै न्यायाधीशिवरुद्ध जम्मा ७ वटा उजुरी परेको छ ।

उजुरीमाथि आज सुनुवाइ सुरु हुने समितका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

यसअघि गत चैत ४ गते समितिले सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्याायधीश सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश चुँडालको नाम सिफारिस गरेको थियो ।

संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाई गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संसदीय सुनुवाईपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने छ ।