काठमाडौं । दसैँपछि खुलेको सुनचाँदी बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आइतबार सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ। दसैँपछि आज पहिलोपटक सुनचाँदीको नयाँ मूल्य निर्धारण गरिएको हो।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ। गत सोमबार प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको छ।










प्रतिक्रिया दिनुहोस्