Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कांग्रेस तत्काल न बोल्ने, न त खुल्ने


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रसले किवसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने राण्नीति लिएको छ ।

नयाँ सरकार गठन सम्बन्धमा कांगे्रसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करिब अन्त्यजस्तै भएको छ ।

हाल, कम्युनिष्ट शक्तिबीच आन्तरिक कलह मात्रै भएको र सत्ताका लागि उनीहरु विभाजित मनस्थितिमा नपुगिसकेको भन्दै कांगे्रसले तत्काल केही नबोल्ने र कुनै पक्षतर्फ नखुल्ने रणनीति लिएको हो ।

मंगलबार मात्रै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल कांग्रेसको रणनीति बुझ्न सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे ।

त्यस क्रममा देउवाले कांग्रेस पर्ख र हेरकै अवस्थामा रहेको र सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन पनि रिन्तर रहेको भन्दै कांग्रेसले थप कुनै निर्णय तत्काल नलिने सन्देश दिएका थिए ।

‘दाहालले प्रतिगमन विरोधी पक्षसँगै मिलेर जाऔं भन्ने प्रस्ताव गर्नुभयो तर देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नभएकाले केही गर्ने अवस्था नरहेको जवाफ दिनुभयो, माओवादी अध्यक्ष दाहालले राखेको धारणाबारे जानकारी दिँँदै देउवानिकट एक नेताल भने, यसले कांग्रेस पहिले जुन रणनीतिमा थियो, त्यही छ भन्ने प्रस्ट छ ।’

कांग्रेस उपसभापति विमलेन्द्र निधिले माओवादी केन्द्र र जसपा आफै सत्ता समीकरणका लागि प्रष्ट नभइसकेको कारण तत्काल कुनै निर्णयमा पुगिहाल्ने अवस्था नरहेको प्रस्ट पारे ।

पछिल्लो समय सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने निर्णय गरेपछि सरकारको विकल्पबारे चर्चा हुँदै आए पनि अवस्था परिपक्व नभएको जवाफ कांग्रेसले दिँदै आइरहेको थियो । राजधानी