१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भारतका विभिन्न शहरमा भारी बर्षा, एक सय बढी व्यक्तिको मृत्यु


0
Shares

काठमाडौं । भारतको बिभिन्न शहरमा भारी बर्षापछि आएको बाढीमा परि एक सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

उत्तर प्रदेश, बिहार र पटना बाढीबाट नराम्ररी प्रभावित भएको छन् ।

बाढीले शहरका थुप्रै  घरहरु भत्केका छन् भने बाढी अस्पताल र घरमा पस्दा जनजीवन प्रभावित भएको छ ।

बाढीकै कारण  अधिकांश स्कूल तथा कलेजहरु बन्द हुनुका साथै यातायात सेवा समेत अवरुद्ध बनेको छ ।

बाटोमा पानी जमेकाले त्यहाँका सर्वसाधारण स–साना डुंगा प्रयोग गरी आवतजावत गरिरहेका छन् ।

विहारको विभिन्न क्षेत्र र राजधानी पटनामा चारदिनदेखि लगातार बर्षा भइरहेको बताइएको छ ।

भारतको कर्नाटक र केरलामा मात्रे २८ जनाको मृत्यु भएको थियो । 

बाढी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारतमा बर्षेनी बाढीबाट सयौंको ज्यान जाने गरेको छ । (एजेन्सी)