
काठमाडौं, चैत १७ । नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जसमध्ये १ हजार ३ सय ९० जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० जनाको पिसिआर परीक्षण भएको छ ।
गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० छ ।
पछिल्लो २४ घण्टामा ११५ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्