Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


स्वेज नहरमा अड्किएको पानी जहाज निकालियो


0
Shares

एजेन्सी । एसिया र युरोपबीच सबैभन्दा छोटो जलमार्गमा पर्ने स्वेज नहरमा अड्किएको एउटा विशाल पानी जहाजलाई सारिएको छ ।

गत मंगलबार अड्किएको एभर गिभन नामको जहाजको अघिल्लो भागलाई नहरको किनारातिर तानेर बन्द भएको बाटो खुला गरिएको हो ।

इजिप्टको स्वामित्वमा रहेको स्वेज नहर १ सय ९३ किलोमिटर लामो छ । जसलाई संसारको एउटा अति व्यस्त व्यापारिक मार्ग मानिन्छ ।

एभर गिभन पानीजहाजका कारण जलमार्ग बन्द हुँदा नहरमा संसारकै सबैभन्दा महँगो ट्राफिक जाम भएको बताइएको थियो ।

यो नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेको तथ्यांकले देखाउँछ ।

स्वेज नहरको बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुने गरेको छ ।​ एभर गिभनलाई सार्न दुई दिन अघि त्यसबाट २० हजार वटा कन्टेनर निकालेको थियो ।

अड्किएको पानीजहाज चार सय मिटर लामो र ५९ मिटर चौडाइको रहेको छ ।