काठमाडौं । सरकारले ६ महिनादेखि शिक्षक सेवा आयोगमा पदाधिकारी, नियुक्ति नगर्दा करिब साढे १४ हजार स्थायी शिक्षकको पदपूर्ति र बढुवा प्रक्रिया अनिश्चित बनेको छ ।
सिफारिस समितिले अध्यक्षसहित दुई सदस्यको नाम सिफारिस गरिसक्दा पनि सरकारले नियुक्ति गर्न सकेको छैन ।
लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले ३ महिनाअघि पदाधिकारी सिफारिस गरेको थियो ।
आयोग ६ महिनादेखि पदाधिकारीविहीन हुँदा प्रमुख काम नै प्रभावित बनेको शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख दिनेश श्रेष्ठले जनाए ।
आयोगको सम्पूर्ण काम पदाधिकारीले गर्ने हो, हामी त कार्यान्वयन मात्र गर्ने हो, उनले भने, शिक्षकको पदपूर्ति र नियमित बढुवाको काम अवरुद्ध छ ।
शिक्षा तथा मानव स्रोत केन्द्रले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि १२ हजार शिक्षक पदपूर्ति गर्न माग गरेको छ । यी ३ वटै तहमा २ हजार ७ सय शिक्षक बढुवा हुने प्रक्रियामा छन् ।
आयोगका पदाधिकारी नहुँदा विज्ञापन आव्हान, परीक्षा सञ्चालनलगायत पदपूर्तिको काम रोकियो, उनले भने, शिक्षकहरुको बढुवा पनि अनिश्चित बनेको छ ।
सामुदायिक विद्यालयमा विषय शिक्षकको चरम अभाव छ । स्वतः अवकाश भएपछि रिक्त रहेक पद पूर्ति नहुँदा विद्यालयले करारमा शिक्षक नियुक्ति गरेर पाठनपाठन गराइराखेका छन् ।
सामुायिक विद्यालयमाकरिब ५८ हजार शिक्षक अपुग रहेको अनुमान छ । कान्तिपुर










प्रतिक्रिया दिनुहोस्