बर्सेनि १ करोड ७९ लाख मानिसको मृत्यु मुटु रोगबाट • Image Khabar Image Khabar


बर्सेनि १ करोड ७९ लाख मानिसको मृत्यु मुटु रोगबाट


Imagekhabar
१२ आश्विन २०७६, आईतवार १७:२७

बर्सेनि १ करोड ७९ लाख मानिसको मृत्यु मुटु रोगबाट

काठमाडौं, असोज १२ । ‘मेरो मुटु तिम्रो मुटु’ भन्ने नाराका साथ विश्व मुटुरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मुटुरोग दिवसमा यस वर्ष आफुसँगै परिवारका सदस्यको मुटु जोगाउने प्रतिवद्धता खोज्नमा समेत जोड दिइएको छ ।

मुटु रोगलाई प्राणघातक मानिन्छ । विश्वमा सबैभन्दा धेरै मानिसको मुत्यु मुटु रोगका कारण हुने गरेको छ ।

धुम्रपान, मद्यपान, उच्च रक्तचाप, कोलस्टोर र मोटोपनको समस्या भएका व्यक्तिमा मुटुसम्बन्धी समस्या देखिने सम्भावना उच्च रहन्छ । अत्याधिक चिल्लो पदार्थ अनि गुलिया खानेकुरा र सन्तुलित भोजन नगर्ने, व्यायाम नगर्ने व्यक्ति पनि मुटु रोगको जोखिममा रहन्छन् । 

पछिल्लो समय नेपालमा मुटुरोगीको संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् । नेपालमा २२ लाख मानिसमा कुनै न कुनै किसिमको मुटु रोग रहेको छ । यस्तै २२ देखि २५ बर्ष उमेर समूहका युवाहरुमा हृदयघातको समस्या बढी देखिन थालेको मुटुरोग विषेशज्ञ डा.रन्जित शर्माले बताए ।

पछिल्ला दिनका जन्मजात हुने मुटुरोगको समस्या बढेको चिकित्सकहरु बताउँछन् । गर्भावस्थामा मुटुसम्बन्धी समस्या के कारणले हुन्छ भन्ने यकिन गर्न नसकिए पनि वंशाणुगत कारणले पनि धेरै समस्या देखिएको डा.शर्माको भनाइ छ ।

मुटुरोगको समस्या दक्षिण एसियाली राष्ट्रहरुमा बढी देखिन थालेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १ करोड ७९ लाख मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको छ । 

खानपानमा ध्यान पु¥याउने, शारीरिक व्यायाम गर्ने, मद्यपान, धुम्रपान र सूर्तिजन्य पदार्थको सेवन नगर्दा पनि मुटु रोगबाट बच्न सकिन्छ ।

नेपालमा १५ बर्ष उमेरमुनीका मुटुरोगका समस्या भएका बालबालिका र ७५ वर्षमाथिका वृद्ध वृद्धाहरुको निःशुल्क उपचारको व्यवस्था छ । मुटुको बाथको समस्या भएका व्यक्तिको निशुल्क मुटुको भल्वसमेत फर्ने व्यवस्था गरेको छ । तर यो सेवा काठमाडौका केही सरकारी अस्पतालहरुमा सीमित छ । 

 

प्रतिक्रिया दिनुहोस्