Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


वामपन्थी नेता विष्णुबहादुर मानन्धरकाे निधन


0
Shares

काठमाडौं : नेपाली कम्युनिष्ट आन्दोलनका पुुुुुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएकाे छ । उनकाे ९१ वर्षको उमेरमा सोमबार बेलुका ८ः३० बजे निधन भएको हाे।

केही दिनअघि अस्वस्थ्य भई उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो। 

नेता मानन्धरले सरकार, सत्ता र शक्तिको पछाडि नलागेका इमानदार नेताका रुपमा छवि बनाएका थिए। 

२००७ सालदेखि आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति सुरु गरेका मानन्धरले २००९ सालको रौतहट किसान आन्दोलनमा युवा नेताका हैसियतले भाग लिएर राजनीतिमा प्रवेश गरेका थिए। 

मानन्धरका एक छोरा र तीन छोरी छन्। उनको दाहसंस्कार मंगलबार बिहान ८ बजे पशुपति आर्यघाटमा गरिने उनका छोरा सुनिलले जानकारी दिएका छन् ।