
काठमाडौं, असोज १२ । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सरकारले तोकेकोभन्दा बढी शुल्क फिर्ता गर्न कलेजलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।
अवैधानिक शुल्कविरुद्ध लामो समयदेखि आन्दोलतरत् विद्यार्थीहरुले विज्ञप्ति जारी गर्दै यस्तो अल्टिमेटम दिएका हुन् । रकम फिर्ता नभए भोलि बिहान ११ बजे सम्पूर्ण विद्यार्थी, अभिभावक र सर्वसाधारण कलेजको गेट अगाडि भेला भएर आन्दोलन चर्काउने चेतावनी पनि उनीहरुले दिएका छन् ।
अवैधानिक रुपमा शुल्क लिएको विरोधमा विद्यार्थीहरुले तीन हप्ता लामो आन्दोलन गरेका थिए । चितवन मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । तर एक महिनासम्म पनि कलेजले शुल्क फिर्ता नगरेपछि विद्यार्थीहरुले २४ घण्टे अल्टिमेटम दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्