विवेक खड्का/ईमेज
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्रथम बार्षिक उत्सब मनाउने तयारी गरिरहँदा बाहिर भने उपकुलपतीको राजिनामा माग्दै प्रर्दशन भएको छ ।
प्रतिष्ठान बचाऔँ अभियानले आज प्रतिष्ठानको प्रशासनिक भवन बाहिर प्रर्दशन गर्दै उपकुलपती प्राध्यापक डा. संगिता भण्डारीको राजिनामा माग्दै प्रर्दशन भएको हो ।
प्रभावकारी ढंगले प्रतिष्ठानलाई सञ्चालन गर्नुको साटो सेवा प्रबाहलाई तहसनहस बनाएको आरोप लगाउदैै उपकुलपती भण्डारीले तत्काल राजिनामा दिनुपर्ने बचाऔँ अभियानको माग छ ।
भएका सेवा सुबिधा कटौती गर्ने, सेवा शूल्क महंगो बनाउने, चिकित्सकहरुलाई काम गर्ने बाताबरण बनाउन नसकेको, कर्मचारी माथी दमनको व्यवहार गरेको र प्रतिष्ठानलाई विश्वासहिनता तर्फ लगेको आरोप अभियानले लगाउदै आएको छ ।
ट्राफिक चोकको पिपल बोटबाट राजिनामा माग गर्दै नारावाजी सहित प्रशासनिक भवनको गेटमा पुगेर प्रर्दशनकारीले नारा लगाएका थिए ।
राप्ती उपक्षेत्रिय अस्पताल प्रतिष्ठानमा रुपान्तरण भएपछि उपचार सेवा खस्कीएको भन्दै प्रतिष्ठान बचाऔँ अभियान गठन गरेर विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानले पहिलो बार्षिक उत्सव मनाउदै छ ।
भोली एक औपचारीक कार्यक्रम गरी प्रशासनिक भवनमै उत्सब मनाउने तयारी गरेको छ ।
प्रतिष्ठानका पदाधिकारी र कर्मचारीहरुले बार्षिक उत्सवलाई भव्यरुपमा मनाउने तयारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्