Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बौद्धिक चोरी आरोपमा ७ प्राध्यापकलाई कारबाही


0
Shares

काठमाडौं । बौद्धिक चोरीमा संलग्न अवकाशप्राप्त एक प्राध्यापक र ५ उपप्राध्यापकलाई त्रिभुवन विशवविद्यालयले कारवाही गरेको छ ।

पटक पटक बौद्धिक चोरीम संलग्न भएका घटना बाहिर आउँदासमेत त्रिविले कुनै कारवाही नगरेको भन्दै आलोचना भइरहेको बेला ६ जना प्राध्यापक एकैपटक कारवाहीमा परेका हुन् ।

उनीहरुबाहेक कारवाहीमा कल्पना मिश्र पनि परेकी छिन्, उनी भने त्रिविसँग आबद्ध होइनन् ।

महेन्द्र मोरङआदर्श बहुमुखी क्याम्पसबाट अवकाशप्राप्त प्राध्यापक डा. परशुराम मिश्र, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनपकपुरका उपप्राध्यापक हरेराम मिश्र, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका आंशिक प्राध्यापक रोहितकुमार देव, उपप्राध्यापक जनक अधिकारी र विमलकुमार कण्ठ छन् ।

यस्तै, पूर्वाञ्चल ईन्जिनियरिङ क्याम्पस धरानका उपप्राध्यापक तथा पीएचडी स्कलर युवराज साहु पनि कारवाहीमा परेका छन् । कारवाहीमा परो सबै प्राध्यापक रसायनशास्त्री हुन् ।

अनुसन्धानात्मक लेख आधिकारिक रुपमा साभार गरिएको उजुरीपछि माघ ४ गते शिक्षाध्यक्षको कार्यालयले त्रिवि केन्द्रीय रसायनशास्त्र विभागका प्रमुख प्राध्यापक डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले बुझाएको प्रतिवेखनका आधारमा त्रिवि कार्यकारी परिषदको चैत्र ४ गतेको बैठकले कारवाही सिफरिस गरेको हो । कान्तिपुर