Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


दुई हजार वर्ष पुरानो धम्मचक्र पशुपति परिसरबाट चोरी


0
Shares

काठमाडौं । पशुपति क्षेत्र परिसरबाट दुई हजार वर्ष पुरानो धम्मचक्र चोरी भएको दुई साता बित्दा पनि भेटिएको छैन ।

अष्टमण्डलमध्ये एक यो धम्मचक्र सीसी क्यामेराको निगरानी भएकै ठाउँबाट राति चोरिएको थियो ।

पशुपति मन्दिर पश्चिमतिर भुवनेश्वरी चोकस्थित केदारमान डंगोल र सन्त श्रेष्ठको घरको बीचमा धम्मचक्र थियो ।

धम्मचक्रको छेउमा रहेका पद्म मण्डल, धूप बाल्ने स्तम्भलगायत भने मिल्काइएको अवस्थामा भेटिएको अष्टमण्डल छेउकै बासिन्दा रामकुमारी शाहले जानकारी दिइन् ।

‘यिनीहरु सबै फालिएका थिए । हामीले बिहान खोजेर ल्यायौं’, उनले भनिन् ।

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव परमानन्द शाक्यका अनुसार अष्टमण्डलमा स्तूपा, पद्म मण्डल, धूप बाल्ने स्तम्भ, धूप स्तम्भको गजजोर, नवग्रह मण्डललगायत पर्छन् ।

धम्मचक्रमा दायाँ-बायाँ मृग र बीचमा चक्र हुन्छ । शाक्यका अनुसार धम्मचक्र मुख्यतया बुद्धले आफूले पाएको ज्ञानलाई सर्वसाधारणमाझ लैजान गरेको धर्मदर्शनको प्रतीक हो ।

‘धम्मचक्रका ८, १०, १६ र ३२ बाहुले अष्टांगिक मार्ग, १० पारमित आदिको समेत काम गर्छ’, शाक्यले भने, ‘यस्तो महत्वपूर्ण सम्पदा चोरी भएको छ ।’

कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैधले धम्मचक्र खोजीका लागि प्रहरी कार्यलय गौशालामा उजुरीसमेत दिएका छन् । कान्तिपुर