असुरक्षित गर्भपतन उल्लेख्य • Image Khabar Image Khabar


असुरक्षित गर्भपतन उल्लेख्य


Imagekhabar
१० आश्विन २०७६, शुक्रबार १७:०९

असुरक्षित गर्भपतन उल्लेख्य

काठमाडौं, असोज १० । स्वास्थ्य सेवा विभागले ५८ प्रतिशत असुरक्षित गर्भपतन हुने गएको जनाएको छ ।

पाँचौं सुरक्षित गर्भपतन दिवसको अवसर पारेर विभागले शुक्रबार गरेको कार्यक्रममा ४२ प्रतिशत महिलाले मात्र सुरक्षितरुपमा गर्भपतन गर्ने गरेको जनाएको हो ।

ठूला अस्पतालहरुमा प्रसूतिरोगसम्बन्धी भर्ना भएका महिलाहरुमध्ये ५४ प्रतिशत महिलालाई गर्भपतनको जटिलता हुने गरेको र मातृमृत्यु भएका महिलाहरुमध्ये २० प्रतिशत महिलाको मृत्यु गर्भपतनमा भएको जटिलताका कारण हुने गरेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. भीम सिंह तिङ्करीले कहाँ र कसरी सुरक्षित गर्भपतन गराउने भन्नेबारे धेरैले जानकारी नै नपाएको बताए ।

सरकारले २८ हप्तासम्मको गर्भपतन गराउन कानुनी मान्यता दिएको छ । देशभर एक हजार ३०० सुरक्षित गर्भपतन गराउने केन्द्र रहेका छन् ।

यस्तै, परिवार कल्याण महाशाखाकाअनुसार गत आर्थिक वर्षमा मात्र झन्डै एक लाख महिलाले गर्भपतन गराएको र त्यसमा ११ प्रतिशत किशोरी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्