
काठमाडौं, चैत ११ । नेपालमा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १४५ जनामा कोरोना पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा ५३, ललितपुरमा ८ र भक्तपुरमा २ जना गरी ६३ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्