
नवलपुर । नवलपुरमा क्षयरोगका विरामी बढेका छन । चालू आर्थिक वर्षको सात महिनामा नवलपुरमा १९ जना नयाँ क्षयरोगका विरामी थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यलय र दामिन फाउण्डेसनले देवचुलिमा आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा जिल्लामा २ सय ४१ जना क्षयरोगीका बिरामी पुगेको जानकारी गराईएको थियो । क्षयरोग बिज्ञ डिल्लीराम तिवारीले जिल्लामा क्षयरोग लागेकाको संख्या प्रत्येक वर्ष बढ्दो रहेको जानकारी दिनुभयो ।
कावासोतीमा ५९ जना, मध्यविन्दुमा ४३ जना, देवचुलीमा ४२ जना, गैँडाकोटमा ३८ जना, विनयीत्रिवेणीमा २४ जना, हुप्सेकोटमा १९ जना, बुलिङ्टारमा १० जना र वौदीकालीमा ६ जना रहेका छन् । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये नवलपुर सबैभन्दा वढि संक्रमित रहेको छ । गण्डकी प्रदेशको कास्की र नवलपुरमा मात्र ४८ प्रतिशत क्षयरोगका विरामी रहेको बताईएको छ । गण्डकी प्रदेशमा १ हजार ९ सय ४१ जनामा क्षयरोगी रहेकाछन् ।
प्रतिक्रिया दिनुहोस्