काभ्रे, असोज ९ । काभ्रेको बनेपा नगरपालिकाको आइटीपार्क नजिकै बिहीबार बिहान सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण भएको छ ।
लुक्लाबाट काठमाडौंतर्फ जाँदै गरेको हेलिकप्टर बनेपामा सुरक्षित आवतरण गरेको छ । ५ जना विदेशी पर्यटक बोकेर आएको हेलिकप्टर मौसम खराब भएपछि बनेपामा अवतरण गरेको हो ।

करिब १५ मिनेटपछि हेलिकप्टर काठमाडौंतर्फ उडेको छ ।




प्रतिक्रिया दिनुहोस्