काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकार जनताको म्यान्डेट अनुशार चलेको बताएका छन ।
क्रियाशिल महिला पत्रकारको आयोजनामा संसदीय मामिला रिपोर्टिङ तालिमको प्रमुख अतिथी रहेका ढकालले कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै सरकारका स्वस्थ आलोचना सहितका समाचार प्रकाशन प्रशारण गर्न सुझाब समेत दिएका छन् ।
उनले कानून कार्यान्वयनको चरणमा रहेकोले केही काम ढिला भएपनि सरकार नागरिकप्रति जिम्मेवारीपूर्ण तरिकाले अघि बढेको बताए।
७ वटै प्रदेशका पत्रकार महिलाहरुको सहभागिता रहेको तालिममा बोल्दै उनले समग्र विकासका लागि महिलाको सक्रिय सहभागीता अत्यावश्यक रहेको बताए ।
सरकारले अहिलेसम्म दुइ सय ४२ वटा विधेयक संसदबाट पास गरिसकेको समेत उनले जानकारी दिए ।
संसदीय मामिला सम्बन्धी रिर्पोर्टिङ कसरी गर्ने भन्ने विषयमा युनडिपीका डिलादत्त पन्त, पत्रकार जगत नेपाल र नारायण काफ्लेले प्रशिक्षण दिने छन ।
दुइ दिने तालिममा देशभरका ३० भन्दा बढी पत्रकार महिलाको सहभागीता रहेको छ ।
संस्थाका अध्यक्ष अमिका राजथलाको सभा अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तथा सोही संस्थाका कोषाध्यक्ष रुकमणी पोखरेलले कार्यक्रमको सहजीकरण गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्