हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु • Image Khabar Image Khabar


हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


Imagekhabar
९ आश्विन २०७६, बिहीबार ०९:२४

हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा, असोज ९ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राप्ती पुल नजिकै आज बिहान यात्रु बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष छन् । मृतकको सनाखत हु्न बाँकी छ ।

सिलगुढीबाट काठमाडौं आउँदै गरेको ना५ख ७९४२ नम्बरको यात्रुबसले पैदलयात्रीलाई आज बिहान ३ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्