Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पोखराको रिठ्ठेपानी डाँडा र ६ सय रुख काटिने


39
Shares

काठमाडौं । निर्माणधीन पोखारा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने जहाजको सुरक्षाका लागि रिट्टेपानी डाँडामा रहेका रुख काट्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएको छ ।

अनुमतिसँगैं पोखारा महानगरपालिका २६ रिट्टेपानीका ६ सय रुख काट्ने बाटो खुलेको छ । रुखसँगैं रिट्टेपानीको डाँडा पनि कटान हुनेछ ।

विमानस्थलका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार रिठ्ठेपानी डाँडाको सबैभन्दा अग्लो ठाउँबाट ४० मिटर तलसम्म कटान गर्नुपर्ने हुन्छ ।

डाँडा कटान गर्दा बल्ल जहाजको उडान र अवतरणमा सहज हुने उनले बताए । यो डाँडा विमानस्थलको पूर्वी भेगमा पर्छ ।

डाँडा काटेपछि सुरक्षाको हिसाबले उडान र अवतरणमा सहज हुनेछ । अनिवार्य रुपमा डाँडा काट्नुपर्ने हुन्छ, पौडेलले भने, विमानस्थलको आकाशमा पहुँच क्लियर बनाउन मात्रै खोजिएको छ ।

२०२१ जुलाई १० सम्म विमानस्थल निर्माण सक्नुपर्छ । तर, प्राविधिक रुपमा अझै केही काम बाँकी रहेकोले २०३३ सम्म उडान सुरु हुने अपेक्षा पोखरेलीको छ ।

अहिलेसम्म विमानस्थल निर्माणको ७२ प्रतिशत काम सकिएको छ । विमानस्थलको भौतिक पूर्वाधार ठड्याउने सबै काम सकिएका छन् ।

आन्तरिक सजावटका काम बाँकी छन् । त्यसबाहेक अपकरण जडानको काम बाँकी छ । रनवेमा मार्किङको काम पनि भइरहेको पौडेलले बताए । नागरिक