२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पाकिस्तान भूकम्पमा मर्नेको संख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते


0
Shares

इस्लामावाद, असोज ८ । पाकिस्तानमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ पुगेको प्रहरीले बताएको छ ।

भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सन्चारमाध्यमले बुधबार बिहान जनाएको छ ।

पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो ।

मंगलबार अपराह्नमा गएको यस भूकम्पका कारण पाकिस्तान प्रशासित कश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।

पूर्वी पाकिस्तान र भारतमासमेत झड्का महसुस भएको थियो ।

भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ । रासस/एएफपी