२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने


0
Shares

काठमाडौं, असोज ८ । आउँदो कात्तिक २६ गतेदेखि काठमाडौंमा आप्रवासी कामदारहरुको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय मानवअधिकार आयोगले  सम्मेलनमा दक्षिण एसिया, एसिया प्रशान्त क्षेत्र, अफ्रिका, दक्षिण अमेरिका र युरोप क्षेत्रका मानवअधिकार संस्थाका प्रमुखहरु उपस्थित हुने जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय मानवअधिकार संस्थाहरुको विश्व सञ्जालका प्रमुख र अप्रवासन क्षेत्रका विज्ञहरुसमेत गरी ३२ देशबाट अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको  सहभागिता रहने अपेक्षा आयोगले गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले हालसम्म २० मुलुक र १० राष्ट्रिय मानवअधिकार संस्थाका प्रमुखहरुको सहभागिता सुनिश्चित भइसकेको जानकारी दिए ।

उनले तीन दिनसम्म चल्ने सम्मेलनमा आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षण, व्यवस्थापन, प्रशासन तथा अनियमित आप्रवासन एवं मानव बेचविखनका समस्यालगायतका विषयमा छलफल हुने बताए ।