
काठमाडौं, असोज ८ । अतिरिक्त पोषक तत्व पाइने खाद्यवस्तुकारुपमा बजारमा बिक्री भइरहेका सामग्रीमा पूर्ण रोक लगाउनुपर्नेमा फार्मासिस्टहरुले जोड दिएका छन् ।
विश्व फार्मासिस्ट दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले आहारपूरक खाद्यपदार्थले मानिसको शरीरमा असर पुर्याउने र दीर्घ रोगहरुकोसमेत समस्या देखिने बताएका हुन् ।
नेपालमा बिक्री भइरहेका यस्ता खाद्यवस्तु दर्ता गरेरमात्र बिक्री–वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले यस्ता खाद्यवस्तुलाई रोक लगाउन जनचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा पोषणविद् डा. अरुणा उप्रेतीले घरायसीरुपमै बनाइने विभिन्न खाद्यपदार्थबाटै आवश्यक पोषक तत्व पाइने बताइन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले आहारपूरक भनिने ७५ प्रतिशत खाद्यपदार्थ चिकित्सकको सल्लाहविना नै बिक्री भइरहँदा पनि स्वास्थ्य मन्त्रालयले चासो नदिएको बताए ।
प्रतिक्रिया दिनुहोस्