२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


थप ७७ संक्रमित, १०६ जना संक्रमणमुक्त


0
Shares

काठमाडौं, चैत ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जनाले संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ९२१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको जनाएको छ ।

हाल नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ ।