
कञ्चनपुर । महाकाली आयुर्वेद औषधालयमा औषधीको अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।
चालु आर्थिक वर्षमा औषधीको आपूर्ति नभएपछि बिरामी मर्कामा परेका हुन् ।
गत आर्थिक वर्षमा मौज्दात रहेको औषधीबाट सेवा दिइरहेको औषधालयलाई चालु वर्षको हालसम्म कुनै किसिमको औषधी प्राप्त भएको छैन् ।
विगतका वर्षमा स्वास्थ्य विभागबाट औषधीको आपूर्ति हुने गरेको थियो ।
तर समायोजनपछि प्रदेश सरकारले औषधी पठाउनुपर्ने भएपनि हालसम्म कुनै पहल नभएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा औषधीको आपूर्ति नहुँदा उपचारमा समस्या भएको महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरका कार्यालय प्रमुख सूर्य उपाध्यायले जानकारी दिए ।
उनले उपचारका लागि बाथ, ग्यास्टिकलगायतका रोगका बिरामी बढी आउने गरेपनि औषधीको अभावमा उपचार गर्न नसकिएको बताए ।
पछिल्लो समय आयुर्वेद उपचारमा आकर्षण बढ्दै गएपनि त्यसतर्फ सरकारको ध्यान नपुग्न सकेको छैन् ।
महाकाली आयुर्वेद औषधालयमा अहिले दैनिक ३० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् भने २५ जनाभन्दा बढी थेरापी गर्न आउने गर्दछन् ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३० हजारभन्दा बढी बिरामीले उपचार गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्