७८ केजी ८ सय ग्राम गाँजासहित ट्रक चालक पक्राउ • Image Khabar Image Khabar


७८ केजी ८ सय ग्राम गाँजासहित ट्रक चालक पक्राउ


Imagekhabar
७ आश्विन २०७६, मंगलवार १८:०९

७८ केजी ८ सय ग्राम गाँजासहित ट्रक चालक पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध गाँजा ७८ केजी ८ सय ग्रामसहित ट्रक चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं २९ बस्ने बर्ष ३५ को अफ्रिका चौधरी छन् । ट्रकमा रहेका अर्का एक व्यक्ति भने फरार भएका छन् ।

गएराति हेटौंडाबाट वीरगंज जान लागेको ना ६ ख १३१ नम्बरको ट्रक हेटौंडा उपमहानगरपालिका वडा नं १५ राटोमाटे नजिक चेकजाँच गर्ने क्रममा प्रहरीले लुकाइएको गाँजा फेला पारेको हो ।

चालकसहित एक व्यक्ति जंगलतर्फ भाग्दै गर्दा प्रहरीले चालकको खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्