२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


नेपालमा पुन: कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन १२५ जना थपिए


0
Shares

काठमाडौं, चैत ६ । नेपालमा पछिल्लो २४ घण्टामा १२५ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १६१ जनाको पीसीआर परीक्षण भएको छ ।

यस्तै, पछिल्लो १२३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १६ पुगेको छ ।